... Loading Please Wait

परिसंघ र नेपाल बैंकर्स संघ बीच समझदारीपत्रमा हस्ताक्षर

नेपाल उद्योग परिसंघ र नेपाल बैंकर्स संघ बिच निजी लगानी प्रर्वद्धन मार्फत आर्थिक विकासमा सहकार्य गर्न समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । परिसंघमा आयोजित कार्यक्रममा परिसंघका अध्यक्ष सतिश कुमार मोर र बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र प्रसाद ढुंगानाले समझदारी पत्रमा हस्ताक्षर गर्नु भएको हो ।
हस्ताक्षर समारोहमा परिसंघका अध्यक्ष सतिश कुमार मोरले समग्र लगानीको वातावरण बनाउन उद्योगी तथा बैंकहरु एक अर्काका परिपूरक भएकाले यो समझदारी महत्वपूर्ण रहको बताउनु भयो । बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र प्रसाद ढुंगानाले बैंकिङ्ग क्षेत्रमा आएका नयाँ नयाँ व्यवस्थालाई लगानीमैत्री बनाउन आपसी सहकार्यले अर्थ राख्ने बताउनु भयो ।
समझादारी अनुसार, उद्योग परिसंघ र बैंकर्स संघले मूख्यतया निम्न कार्यहरुमा सहकार्य गर्ने छन् ।
  • -दुबै पक्षको क्षमता अभिवृद्धिका लागि संयुक्त रुपमा अध्ययन, अनुसन्धान तथा तालिम कार्यक्रमहरु आयोजना गर्ने ।
  • -वित्तिय तथा मौद्रिक नीति निर्माणका साथै सम्बन्धित ऐन नियमावलीको परिमार्जनमासाझा हितका विषयमा सरोकारवाहरुसँग सयुक्त रुपमा संवाद तथा छलफल गर्ने ।
समझदारीपत्रमा हस्ताक्षर समारोहमा परिसंघका पदाधिकारीहरु र बैंकर्स संघका पदाधिकारीहरुको उपस्थिती थियो ।