... Loading Please Wait

image

Public Notice on Economic Revival Fund

Jan 5, 2017 – ब्याज अनुदान दिने सम्बन्धमा सम्पूर्ण सदस्य बैंकहरुका तर्फबाट नेपाल बैंकर्स संघको सूचना

नेपाल राष्ट्र बैंकको मिति २०७२÷१०÷१० प.सं.ः बैं.वि.नि.वि.÷नीति÷परिपत्र÷कखग÷१३÷०७२÷७३ मार्पmत निर्देशन प्राप्त भए अनुसार नेपाल सरकारबाट स्वीकृत “आर्थिक पुनरुद्धार कोष (स्थापना र संचालन) कार्यविधी– २०७२” मा व्यवस्था भए बमोजिम ब्याज अनुदान सम्बन्धी व्यवस्थालाई कार्यान्वयन गर्ने सम्बन्धमा यस संघमा आवद्ध नेपाल राष्ट्र बैंकबाट इजाजत पत्र प्राप्त कुनै पनि बैंकबाट कर्जा उपभोग गरि कार्यविधिमा उल्लेखित शर्तहरु पुगेका ऋणीहरुले ब्याज अनुदान प्राप्त गर्नको लागि तोकिएको ढाँचामा सम्बन्धित बैंकमा निवेदन दिन यस संघले मिति २०७२।१०।२२ मा कान्तिपुर तथा द हिमालयन टाईम्स् दैनिकमा सूचना प्रकाशन गरेको व्यहोरा स्मरण गराउँदछौं ।

यसै सन्दर्भमा कार्यविधिमा तोकिएको मापदण्ड पूरा गर्ने तथा हालसम्म निवेदन पेश नगरेका योग्य ऋणीहरुलाई यस सूचना प्रकाशित भएको मितिबाट एक महिना भित्र निवेदन पेश गर्नुहुन अनुरोध गर्दछौं । (यस अघि व्याज अनुदानका लागि निवेदन पेश गरिसेकेका ऋणीहरुको हकमा पुनः निवेदन पेश गर्नु नपर्ने)

साथै, सोही कार्यविधिको बुंदा नं.७ बमोजिम योग्य ऋणीहरुलाई पुनरकर्जाको निवेदन समेत यस सूचना प्रकाशित भएको मितिबाट एक महिना भित्र पेश गर्नुहुन अनुरोध गर्दछौं ।

यस सम्बन्धमा विस्तृत जानकारीका लागि ऋणीले सम्बन्धित बैंकमा सम्पर्क गर्नु हुन तथा आर्थिक पुनरुद्धार कोष (स्थापना र संचालन) कार्यविधि, २०७२ नेपाल राष्ट्र बैंकको वेबसाईट https://nrb.org.np/bfr/circular/2072-73/2072_73_For_A_,_B_&_C_Class–Circular_13-%20Arthik%20Punarudhar%20Kosh.pdf र सम्पूर्ण वाणिज्य बैंकहरुको वेबसाईटमा पनि राखिएको व्यहोरा समेत यसै सूचनाद्वारा जानकारी गराईएको छ ।