... Loading Please Wait

image

Public Notice on Economic Revival Fund Procedure, 2072

Feb 5, 2016 – ब्याज अनुदान दिने सम्बन्धमा सम्पूर्ण सदस्य बैंकहरुका तर्फबाट नेपाल बैंकर्स संघको सूचना

नेपाल राष्ट्र बैंकको मिति २०७२/१०/१० प.सं. बैं.वि.नि.वि./नीति/परिपत्र/कखग/१३/०७२/७३ मार्पmत निर्देशन प्राप्त भए अनुसार नेपाल सरकारबाट स्वीकृत “आर्थिक पुनरुद्धार कोष (स्थापना र संचालन) कार्यविधी– २०७२” को दफा ५ र ६ मा व्यवस्था भए बमोजिम ब्याज अनुदान सम्बन्धी व्यवस्थालाई कार्यान्वयन गर्ने सम्बन्धमा यस संघमा आवद्ध नेपाल राष्ट्र बैंकबाट इजाजत पत्र प्राप्त कुनै पनि बैंकबाट कर्जा उपभोग गरिरहेका र तपसिल बमोजिमका शर्तहरु पुगेका ऋणीहरुले ब्याज अनुदान प्राप्त गर्नको लागि तोकिएको ढाँचामा यो सूचना प्रकाशित भएको मितिले एक महिनाभित्र सम्बन्धित बैंकमा निवेदन दिनुहुन यो सूचना प्रकाशित गरिएको छ ।

तपसिल

१.     ब्याज अनुदान उपलब्ध गराईने क्षेत्रहरु :

क) कृषि क्षेत्र : युवा तथा साना व्यवसायीहरुलाई प्रदान गरिने ब्याज अनुदान सम्बन्धि कार्यविधि–२०७१ बमोजिम नसमेटिएको कृषिजन्य क्षेत्र

ख) पर्यटन क्षेत्र : टेकिङ्ग, ट्राभल, पर्वतारोहण, होमस्टे, रिसोर्ट, ¥याफ्टिङ्ग, क्याम्पिङ्ग, होटल तथा रेष्टुरेण्ट ।

ग) घरेलु, साना तथा मझौला उद्योगहरु : सबै घरेलु, साना तथा मझौला उद्योगहरु ।

घ) उत्पादनमूलक उद्योगहरु : चुरोट, बिंडि, सिगार, सुर्ती, खैनी, गुट्खा लगायत सुर्तीजन्य उद्योग तथा   मदिराजन्य उद्योग वाहेकका अन्य उत्पादनमूलक उद्योगहरु ।

तर व्यक्तिगत कर्जा, घर कर्जा, सवारी साधन कर्जा लगायत आपूर्तिमा देखिएको असहजताका कारण नगद प्रवाह प्रभावित नभएका क्षेत्रलाई यस्तो ब्याज अनुदान उपलब्ध गराइने छैन ।

२. सीमानाकामा भएको अवरोध तथा आपूर्ति प्रणालीको असहज परिस्थितिका कारण आर्थिक वर्ष २०७१/७२ को पहिलो ६ महिनामा भएको उत्पादन/कारोबार आर्थिक वर्ष २०७२/७३ को सोही अवधिमा ५०% भन्दा कम भएको हुनुपर्ने र त्यस्तो वित्तिय विवरण लेखा परीक्षकबाट प्रमाणित भएको हुनुपर्ने ।

३. ब्याज अनुदान आवेदन गर्ने ऋणी २०७२ असार मसान्तमा नेपाल राष्ट्र बैंकको कर्जा वर्गीकरण अनुसार “असल” ऋणीमा वर्गीकृत भएको हुनुपर्ने ।

४.    यस्तो सुविधा ऋणीले पेश गरेको व्यवसायिक कार्ययोजनाका आधारमा दिईने हुँदा त्यस प्रकारको बैंकलाई मान्यहुने कार्ययोजना पेश गरेको हुनुपर्ने ।

५.    कार्यविधि विपरित ब्याज अनुदान लिएको पाईएमा प्रचलित कानून बमोजिम कारबाही हुनेछ ।

माथि उल्लेखित अवस्था पुरा भएमा आर्थिक वर्ष २०७२/७३ को साउन महिनादेखि पुस महिनासम्मको ब्याजदरमा रु. १० करोड सम्मको कर्जा उपयोग गरेकोमा वार्षिक ४% बिन्दुका दरले र रु. १० करोड भन्दा बढी कर्जा उपयोग गरेकोमा उक्त बढी कर्जाको ब्याजदरमा वार्षिक २% विन्दुका दरले ब्याज अनुदान उपलब्ध गराइनेछ ।

यस सम्बन्धमा विस्तृत जानकारीका लागि ऋणीले सम्बन्धित बैंकमा सम्पर्क गर्नु हुन र  आर्थिक पुनरुद्धार कोष (स्थापना र संचालन) कार्यविधि, २०७२ वेबसाईटमा पनि राखिएको व्यहोरा समेत यसै सूचनाद्वारा जानकारी गराईएको छ ।